१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हवाई खेलकूद संस्थामा भण्डारी



अ+ अ-

कास्की । नेपाल हवाई खेलकूद संस्था (ना) को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए ।

त्यस्तै सचिवमा माधव तिवारी, कोषाध्यक्षमा एलिश थापा र सहकोषाध्यक्षमा चीनबहादुर बानियाँ निर्वाचित भएका छन् । सदस्यमा शर्मिला शर्मा, सङ्गीता अधिकारी, खुबबहादुर गुरुङ, दीपक थापा, सुभाष थापा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भण्डारीले पोखराको प्याराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट थप योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको अवसरमा इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपाललाई प्याराग्लाइडिङमा रजत पदक दिलाउन सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रकारिताको माध्यमबाट हवाई खेलकूदको प्रवद्र्धनमा निर्वाह गरेकामा पत्रकारद्वय केशव पाठक र सुमन ढुङ्गानालाई रु १५ हजारसहित सम्मान गरिएको थियो । संस्थामा हाल ६० व्यावसायिक संस्था र ३०० पाइलटहरु आबद्ध छन् ।