१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ शैयाको आयुर्वेद अस्पताल सञ्चालनमा



अ+ अ-

मङ्गलबारे । इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो । सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ सैयाको अस्पताल बनाइएको हो । मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५ सैयाको बनाइएपछि आयुर्वेद अस्पताल बनेको हो ।

प्रदेश नं १ सरकारको पहलमा स्तरोन्नति तथा सेवा विस्तार गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङमा सेवा दिँदै आएको औषधालयलाई अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले बताए । अस्पतालमा अहिले पञ्चकर्म सेवा, सिरोधारा, स्थानिक बस्ती क्षार सूत्र, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, इमर्जेन्सी सेवा, सःशुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा ल्याइएको छ ।

सरकारी क्षेत्रबाटै सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । विभिन्न जडीबुटीको प्रशोधनबाट औषधि निर्माण गरी उक्त औषधि र विभिन्न विधिबाट बिरामीको उपचार गरिँदै आएको प्रमुख आचार्यले बताए। आयुर्वेदविज्ञ आचार्यले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारणसम्म आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन लागिपरेको बताए । कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने उनले जानकारी दिए ।

कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय सञ्चालन गरिँदै आएको छ । आइतबारेमा अहिले दैनिक ३०० बढीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन् । विसं २०३८ मा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मङ्गलबारे, इलामबजार जमुना र एकतप्पामा सेवा सञ्चालन गरिँदै आइएको छ ।