१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै



मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै । फाइल तस्बिर
अ+ अ-

महोत्तरी। मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरुप जलसेचन लिइँदैछ ।

वैशाख सङ्क्रान्तिसँगै सुरु हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरुप मान्यजनबाट शिरमा जलसेचन लिने पुरानो परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् ।

पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरु भएको अवसरमा पहिलो दिन ‘सतुवाइन’ विधिबाट सुरु हुने यो पर्वमा दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । पहिलो दिन वैशाख सङ्क्रान्तिमा जाँै, चनाको सातु, चिसो पानीमा बनेको सर्वत खाए, पिएर ‘सतुवाइन’ मनाइन्छ ।

नयाँ वर्र्षले आरोग्य जीवन देओस् भन्ने पर्वको मुख्य सन्देश रहेको पाका मैथिल बताउँछन् । गर्मी मौसमको यस पर्वमा चना, मुँग र कँगनोसहितको सातु पहिलो दिन इष्टदेवलाई चढाएर खाने चलन छ ।

यसैगरी दोस्रो दिन आज चना र मुँगकै दाल, यिनको पीठोको बेसनमा काँचो केरा, लौका र परवलको तरुवा, सोहिजन (मुन्गा)को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने मैथिल परम्परा छ । यसै परम्पराअनुसार आज घरघरमा पर्वका लागि विभिन्न परिकार बनाइँदै छन् ।

गर्मीयाममा खाइने परिकारबारे सचेतना बढाउन पूर्वजले यो पर्व परम्परा बसालेका हुनसक्ने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यस पर्वको दोसो दिन वर्षभरि अनुकूल वर्षाको कामना गर्दै समवयीबीच धुलो माटो र हिलो खेल्ने चलन पनि छ । यो खेलमा किशोर र युवा देखिन्छन् । यसै दिन आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशीतलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्छन् ।

यसरी यो पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देस रहेको मानिन्छ । पर्वमा इष्टमित्र र आफन्तबीच सहभोज आयोजना हुँदै आएको छ । रासस