८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने



अ+ अ-

चितवन । घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत् आपूर्ति गराउन लागेको छ । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवका अनुसार पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत् पु¥याइएको छ ।

लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदै आएको उहाँले बताउनुभयो । केन्द्रले सो क्षेत्रलाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो । पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेका छन् । यसलाई बढाएर छ वटा पु¥याउने तयारी गरिएको छ । भरतपुरबाट गएको ३३ हजार केभिए विद्युत्ले नपुगेपछि ११ हजार केभिएको छुट्टै तारमार्फत सोही क्षेत्रमा विद्युत् पु¥याइएको छ ।

श्रीवास्तवले पुसभित्रमा सौराहामा विद्युत् अवरुद्ध नहुने गरी व्यवस्थापन गरिने बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाको टोलीले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने व्यवस्था गरिदिन आग्रह गरेको थियो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सो क्षेत्रमा १२० होटल रहेका छन् । सोराहामा भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।