९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना सामग्रीको विक्रीले आम्दानी बढायो



अ+ अ-

घोराही । राजनीति, समाजसेवा र अधिकारकर्मीको परिचय बनाउनुभएकी सुशीला पौडेल हिजोआज गाउँघरमा उत्पादित सामग्री खोज्न तल्लिन हुनुहुन्छ । उहाँले पुराना सामग्रीको सङ्कलन गरी यहाँ बिक्री केन्द्रसमेत स्थापना गर्नुभएको छ ।

पछिल्लो पुस्ताले बिर्सन लागेको चिउरीको घिउ, सिन्की, मकै, कोदो, फापरको पीठो र सातु बिक्री केन्द्रमा राख्नुभएको छ । साल र मालुका पातको टपरी, टपरी गास्न आवश्यक पात, बाँसको सिन्का , बेसार, गाईको घिउ जस्ता सामग्री केन्द्रमा रहेका छन् । बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रो सहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ ।

उहाँले भन्नुभयो “रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट कोदो, फापर, आटो, पीठो, सिन्कामारी खोजेर ल्याउने गर्छु , ”। उहाँले तरकारी, अचार मसला, मह, चुक, तील, फूल र दुबोको माला पनि माग अनुसार पुर्याइरहनु भएको छ । “मैले सीप भएर पनि बजार पाउन नसकेका महिलाको उत्पादनलाई उपभोक्तासम्म पुर्याउन केन्द्र स्थापना गरेको हुँ, ” उहाँ बताउनुहुन्छ ।“ हाते सीपको प्रयोग गरेर बुनेका स्वीटर, मकैको खोस्टोबाट बनाइएका चकटी, चोयाका सामग्री राख्ने सोच बनाएको छु,” उहाँले भन्नुभयो ।