८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग



अ+ अ-

काठमाडौं । ताररहित प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गरी सामाजिक उत्थानमा विशेष योगदान पुर्याएको भन्दै चर्चित विकास अभियन्ता महाबिर पुनलाई सम्मान गरिएको छ ।

काठमाण्डौको स्वयम्भूमा रहेको दि एक्सेल्सियर स्कुलले नगद ५० हजार रुपैयाँ सहित पुनलाई सम्मान गरेको हो । पुनले हालै सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्कूलमा तीन कक्षामा अध्ययनरत विद्यार्थीहरुले विद्यालय हाताभित्र सञ्चालन गरेको एक दिने बजारबाट संकलित रकममा केही थप गरी एक कार्यक्रमबीच पुनलाई हस्तान्तरण गरिएको हो । साना भाइबहिनीको खाजा खर्च जोगाएर आफ्नो आविष्कार केन्द्रलाई सहयोग गरेको भन्दै पुनले प्रविधिको विकास गरी उद्यमी बनी नयाँ उद्यम गर्न प्रेरणा दिनुभयो ।

तीन कक्षामा विद्यार्थीहरुबाट रकम लिँदै उहाँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई स्वाबलम्बी बन्न नयाँ नयाँ प्रविधिको सृजना गर्न राज्यले प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, शिक्षक नागरिक स्वदेशका लागि नै उत्पादन गरौं कति विदेशका लागि सक्षम नागरिक बनाएर पठाइरहने ? कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेत , अध्यक्ष शीतल राणा, प्रधानाध्यापक प्रशान्त रजकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तर सहकार्य गर्ने उल्लेख गर्नुभयो ।