१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८२: आगलागीबाट १०६ र सर्पदंशबाट १०१ जनाको मृत्यु, ३८ जना बेपत्ता



अ+ अ-

काठमाडाैँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्ष २०८२ को वार्षिक विपद् तथ्यांक सार्वजनिक गरेको छ ।

वैशाख १ देखि चैत ३० गतेसम्मको तथ्यांकअनुसार यस वर्ष नेपालमा विभिन्न ७ हजार ७ सय १६ विपद्का घटनाहरू भएका छन् ।

जसमा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् । यस वर्ष विपद्का कारण ३८ जना बेपत्ता भएका छन् भने १ हजार ९ सय ९१ जना घाइते भएका छन् । विपद्बाट देशभरका कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस वर्ष सबैभन्दा बढी घटना आगलागीका भएका छन् ।

तथ्यांकअनुसार ३ हजार ७ सय ६८ आगलागीका घटनामा हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना घाइते भएका छन् । यसैगरी, सर्पदंशका ६ सय २७ घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन्, जुन मानवीय क्षतिका हिसावले दोस्रो ठूलो कारण बनेको छ ।

मनसुनजन्य र अन्य विपद्को प्रभाव

प्राकृतिक प्रकोपमध्ये पहिरोका कारण ७६ जना र बाढीका कारण ३९ जनाको मृत्यु भएको छ । पहिरोका ६ सय २४ र बाढीका ३ सय २९ घटना यस वर्ष अभिलेख गरिएका छन् । यस्तै, चट्याङका ४ सय २६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३ सय १२ जना घाइते भएका छन् । त्यस्तै जनावर आक्रमणः ५ सय १६ घटना, ५७ मृत्यु, लेक लाग्नुः १३४ घटना, ४१ मृत्यु,    भारी वर्षाः ४४९ घटना, ७ मृत्यु, हिउँ पहिरोः ६ घटना, ६ मृत्यु भएको छ ।

चैत २९ गते बिहान १० बजेदेखि चैत ३० गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा मात्रै देशभर २९ वटा विपद्का घटनाहरू भएका छन् । यस अवधिमा लेक लागेर १ जनाको मृत्यु भएको छ भने आगलागी र अन्य घटनामा परी ७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अनुमानित १५ लाख ९० हजार २ रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

आज चैत ३० गतेको मौसम विवरण अनुसार इलामको बारफल्याङमा सबैभन्दा बढी ७.४ मि.मि. वर्षा मापन गरिएको छ । यस्तै, आजको न्यूनतम तापक्रम मनाङको हुम्देमा –०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ३८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।