१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सलाई सिरि ए लिगको पहिलो हार



अ+ अ-

सिरि ए लिगमा युभेन्ट्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा लाजियोले युभेन्ट्सलाई ३–१ गोल अन्तरले हराएको हो । क्रिस्टियानो रोनाल्डोले दिलाएको अग्रतालाई जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । रोनाल्डोले २५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिए पनि पहिलो हाफको ईन्जुरी समयमा रामोस मार्चीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मिलिन्कोविच साविकले ७४ औ मिनेटमा गोल गर्दै घरेलु टोली लाजियोलाई अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा केईडोले गोल गर्दै लाजियोको जित सुनिश्चित गरेका थिए । ६९ औ मिनेटमा जु कुड्राडो रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा मात्र सिमिति बनेको थियो ।

जितपछि लाजियो ३३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । युभेन्ट्स ३६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।