३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सलाई सिरि ए लिगको पहिलो हार



अ+ अ-

सिरि ए लिगमा युभेन्ट्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा लाजियोले युभेन्ट्सलाई ३–१ गोल अन्तरले हराएको हो । क्रिस्टियानो रोनाल्डोले दिलाएको अग्रतालाई जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । रोनाल्डोले २५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिए पनि पहिलो हाफको ईन्जुरी समयमा रामोस मार्चीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मिलिन्कोविच साविकले ७४ औ मिनेटमा गोल गर्दै घरेलु टोली लाजियोलाई अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा केईडोले गोल गर्दै लाजियोको जित सुनिश्चित गरेका थिए । ६९ औ मिनेटमा जु कुड्राडो रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा मात्र सिमिति बनेको थियो ।

जितपछि लाजियो ३३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । युभेन्ट्स ३६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।