२५ श्रावण २०८३, सोमबार
,
Latest
अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षे उमेर हद प्रश्ताव विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र देउवापछि के अब पक्राउ पर्ने प्रचण्डको पालो हो ?



फाईल फोटो
अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी ओली १३ दिन जेल बसेर गत बिहीबार रिहा भएका छन् । उनी अस्पतालमै छन् तर परिवारको जिम्मा जमानीमा उनलाई थुनामुक्त गरिएको प्रहरीले जनाएको छ । गत भदौ महिनाको अन्तिम साताको जेनजी आन्दोलनमा भएको दमनको आरोपमा अध्यक्ष ओली र कांग्रेसका नेता एवं तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक प्रक्राउ परेका हुन् ।

दुवै जनालाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा दोषी देखाइएकोले त्यसैका आधारमा पक्राउ गरिएको थियो । सो पक्राउको विरोधमा जुन रुपमा काठमाडौँमा विरोध होला र एमालेले सशक्त आन्दोलन गर्ला भन्ने सोचिएको थियो, त्यस्तो खासै हुन सकेन । ओली पक्राउका विरोधमा दुई चार दिन काठमाडौँमा जुलुश निस्कियो तर त्यो न प्रभावकारी भयो र नत हप्ता दिन नै टिक्न सक्यो ।

त्यसपछि गत २५ गते नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवाका नाममा पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरु हाल हङकङमाा रहेकाले पक्राउ पर्न भने सकेका छैनन् ।

तर प्रहरीले भने उनीहरुका विरुद्धमा रेड कर्नर नोटिस जारी गर्ने जनएको छ । उनीहरुलाई प्रहरीले सम्पत्ति शुद्धिकरणको कानुन अनुसार पक्राउ गर्न लागेको जनाएको छ । यद्यपि सो आरापको देउवाले भने खण्डन गरी सकेका छन् । उनले सरकारले आफूमथि प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

सरकारले पक्राउ पूर्जीमा गत जेनजी आन्दोलनका क्रममा उनको घरमा ठूलो मात्रामा पैसा जलेको पाइएकोले त्यसको स्रोतका बारेमा अनुुन्धान गर्नका लागि पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

देउवाको पक्राउ पूर्जी जारी भएपछि अब पालो अर्का पूर्व प्रधानमन्त्री प्रचण्डको त होइन भन्ने आशंका पनि धेरैतिर गरिएको छ । सरकारले उच्च पदस्थहरुको सम्पत्ति छानबिनको काम सुरु गर्ने कुरा सार्जजनिक रुपमा नै भनेको छ । प्रहरीले पनि सोही बमोजिम नै अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच प्रहरी उच्च स्रोतबाट प्राप्त पछिल्लो समाचार अनुसार प्रहरीले नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकी छोरी गंगाको सम्पत्ति छानबिनको काम पनि अघि बढाएको मात्र नभएर लगभग अन्तिम तिर पुर्याएको नै जनाएको छ । प्रहरीको एक उच्च स्रोतले आगामी हप्ता प्रचण्ड या उनको छोरीमाथि पनि पक्राउ पूर्जी जारी हुन सक्ने कुरा आफ्नो नाम नबताउने शर्तमा जनायो ।

प्रहरी स्रोतले भन्यो— सम्पत्ति छानबिनमा पुराना भनिएका पार्टी कांग्रेस, एमाले र पूर्व माओवादीका धेरै नेता नै पर्दैछन् । उनीहरुलाई पक्राउ गर्ने मोडल चाहिँ पहिला अध्यक्ष अर्थात् ठूला नेता र त्यसपछि अरु नेताहरुमा झर्ने सम्भावना छ । त्यसै अनुसार अबको पालो प्रचण्डको नै हुन सक्ने धेरै सम्भावना छ ।




भर्खरै