८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलद्ले यसरी गरे खेलाडीको खुलेर प्रशंसा



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गरेका छन् । “हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु ।

बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासका साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना” सन्देशमा उल्लेख छ । सन्देशमार्फत पौडेलले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउँदै खेलकूदको विकासका लागि सरकारले सञ्चालन गरिरहेका गतिविधि प्रस्तुत गरेका छन् । पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “प्रदेश सरकार खेलकूदको दीर्घकालीन विकासका लागि नीतिगत रूपमा नै लागिरहेको छ ।

प्रदेशमा एक अन्तराष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रङ्गशाला एवम् स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्ड हल निर्माण कार्य भैरहेको छ । आगामी दुई वर्षमा भौतिक रुपमा हामी सक्षम हुनेछौंँ, अनि प्रदेश सरकारले खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ ।”