९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष २०२०: ‘घुम्न जाऊँ तुलसीपुर’



अ+ अ-

घोराही । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विमल रिजाल तुलसीपुरका पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ ।

वडा नं ६ का वडाध्यक्ष नवराज लामिछाने तुलसीपुर घुम्न आउने पर्यटकको बसोबास र आतिथ्यताको उचित व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिए ।