३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावसम्म गठबन्धन जान्छ: माधव नेपाल



अ+ अ-

दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताउनुभएको छ । दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै उहाँले भन्नुभयो, “हामी पाँच  दलीय  गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ ।” 

 कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो । अहिले एकीकृत समाजवादीलाई माओवादीमा  विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताउनुभयो । साथै उहाँले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताउनुभयो । “तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन”, उहाँले भन्नुभयो, “तर, साना केही  दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौँमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौँ ।” 

साथै उहाँले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताउनुभयो । “हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौँ । देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरुले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरुको शैन्य गठबन्धनमा बाध्ने स्थिति बनोस्”, उहाँले भन्नुभयो, “ हामी स्वतन्त्र ढङ्गले बाँच्न चहान्छौँ ।” उहाँले निःसर्त, शैन्य र सुरक्षाका कुरासँग  नजोडिने विषयमात्रै स्वीकार्य हुनेसमेत बताउनुभयो । अध्यक्ष नेपालले सङ्घीयता, गणतन्त्रबाट पछि हट्न नसकिनेसमेत बताउनुभयो । बरु संविधान तथा सङ्घीयतालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने र अहिलेको निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । रासस