९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायान-बज्रयान दर्शनसम्बन्धी कक्षामा युवाको आकर्षण



अ+ अ-

काठमाडौँ । महायान बौद्ध समाज, ज्याठाको आयोजनामा काठमाडौँमा पहिलो पटक महायान बज्रयान दर्शनसम्बन्धी प्रारम्भिक शिक्षा प्रदान गर्ने कार्यको शनिबारदेखि शुरु भएको छ । काठमाडौँको प्रसिद्ध गुणाकर महाविहारमा प्रदान गरिने प्रारम्भिक कक्षामा कूल ३० प्रशिक्षार्थीले महायान बौद्धदर्शनको शिक्षा लिइरहेका छन् । बौद्ध धर्मावलम्बीका अनुसार भगवान् बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नु भएपछि त्रिलक्षणको धर्मदेशना गर्नुभएको थियो ।

नेपालसहित विश्वका विभिन्न मुलुकमा महायान बौद्धधर्मको विशेष महत्व रहेको छ । काठमाडौँका बज्राचार्य, शाक्य तथा तुलाधर जातिले महायान तथा बज्रयान बौद्धधर्म अङ्गीकार गर्दै आएका छन् । बौद्धविद्वान मञ्जुश्रीरत्न बज्राचार्यले भगवान् बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गर्नुभएपछि खासखास अनुयायीहरूलाई महायान तथा बज्रयानको धर्मदेशना गर्नुभएको जानकारी दिँदै महायानभित्र विशेषगरी मन्त्रयान तथा पारमितायान रहेको उल्लेख गर्नुभयो । उहाँले बज्रयानभित्र दशकर्म संस्कार रहेको र बौद्ध दर्शनका आधारमा बज्राचार्यहरुले परम्परादेखि दशकर्म संस्कार गर्दै आएको जानकारी दिनुभयो ।

बौद्धविद्वान फणिन्द्ररत्न बज्राचार्यले बज्रयान बौद्धधर्मको दीक्षा बज्राचार्य, शाक्य तथा तुलाधरमा सीमित रहेको बताउँदै बज्रयान बौद्धधर्मअनुसार मानिसले अहम् त्याग्नुपर्ने बताउनुभयो । थेरवादमा प्रशस्त मात्रामा पुस्तकहरु पढ्न पाइने तथा गोप्य नरहने भएकाले सबैले पढ्न तथा हेर्न पाइने तर बज्रयानमा दीक्षाहरु गोप्य रहने भएकाले नयाँ युवापिँढीलाई बज्रयान बौद्धदर्शनबारे जानकारी दिन पहिलो पटक कक्षा सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल बज्रयान महासङ्घका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले महायान बौद्धदर्शनको अध्ययनका लागि प्रारम्भिक कक्षादेखि स्नातकोत्तरसम्म पढ्न चाहने विद्यार्थीका लागि पाठ्यक्रम नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । चचा गुरु मणिरत्न बज्राचार्यले नेपालमा दुर्लभ चचा ९चर्यागीत० बौद्धदर्शनमा आधारित रहेको बताउँदै बज्रयान बौद्धदर्शनको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।

महायान बौद्धधर्मका महिला विदुषी सुमती बज्राचार्यले नयाँ युवापिँढी विदेशतिर लाग्ने र बौद्धधर्ममा कम रुचि राखेकाले यसलाई व्यापक बनाउन यस प्रकारको कार्यक्रम गरेको जानकारी दिनुभयो । उक्त कक्षा आठ सातासम्म चल्ने र कक्षामा प्रशिक्षार्थीहरुलाई निःशुल्क शिक्षा दिने तथा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बज्राचार्यले जानकारी दिनुभयो ।

समाजका सचिव त्रिरत्न बज्राचार्यले बज्रयान दर्शनको शिक्षा लिन युवापिँढीमा उत्साह जागेको र हालसम्म ३० जनाले अध्ययनका लागि नाम दर्ता गरेको जानकारी राससलाई दिनुभयो ।




भर्खरै