२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताउनुभएको छ ।

ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्नुभयो । इरानलाई जसरी पनि जित्ने उहाँको भनाइ छ ।

इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेका बताउनु भयो । सायद पानीमा केही माइनहरू बाँकी रहेको उहाँको भनाइ छ ।

अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको बताउनु भयो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल