१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका- इरान वार्ता: सहमति पुग्न सकिएन: अमेरिकी उपराष्ट्रपति भान्स



अ+ अ-

काठमाडौं । मध्यपूर्व युद्ध अन्त्यका लागि इस्लामावादमा भएको अमेरिका- ईरान वार्ता सहमति हुन सकेन ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग लामो समय वार्ताका बाबजुद सहमति पुग्न नसकिएको बताउनु भएको छ ।

इरानसँग पाकिस्तानमा जारी शान्ति वार्ताबारे पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति भान्सले भन्नुभयो  ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ।’

अमेरिकाका उपराष्ट्रपति भान्सले वार्तामा कुनै कमजोरी नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘यदि वार्तामा कुनै कमजोरी भएको भए त्यो पाकिस्तानीहरूको कारणले भएको थिएन। उहाँहरूले उत्कृष्ट काम गर्नुभएको छ।’