१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै
अ अ+ अ-

रौतहट। जिल्लाको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ ।

यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन् ।

खाना पकाउने ग्यास अभाव तथा चर्को मूल्य पर्ने भएपछि चुलोमा गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आइएको स्थानीय बताउँछन् । वनजङ्गल मासिँदै जाँदा दाउराको अभाव भएपछि गाईभैँसीको गोबरबाट बनेका गुइँठालाई खाना बनाउन दैनिक रूपमा प्रयोग गर्दै आएको बृन्दावन नगरपालिका-१ का अदित्यकुमार रजकले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका परिवारले महँगोमा ग्यास किनेर प्रयोग गर्न नसक्ने र यसलाई ल्याउन पनि टाढा जानुपर्ने भएकाले आफूहरूले गाईवस्तुको गोबरबाट गुइँठा बनाएर प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले तराई-मधेसका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी मात्रा हुने बृन्दावन नगरपालिका–३ का प्रमोद यादवले बताउनुभयो । गोबरमा भुस, पराल, मकैको ठठेरोलगायत वस्तु राखेर गोबरलाई सुकाएर गुइँठा तयार पारिने जानकारी दिँदै उहाँले पछिल्लो समय भान्छामा यसको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

दाउरा अभाव बढ्दै जाँदा यहाँका स्थानीय बासिन्दाले गुइँठालाई भरपर्दो इन्धनका रूपमा पुनः अपनाउन थालिएको यादवको उहाँको धारणा छ । वनजङ्गल टाढा हुनु, पहिलाजस्तो सहज रूपमा दाउरा उपलब्ध नहुनु, बढ्दो इन्धन सङ्कटलगायत कारणले गुइँठा प्रयोग गर्नेको सङ्ख्या बढिरहेको उहाँको बुझाइ छ ।

विशेषगरी दाउरा अभाव भएका क्षेत्रमा स्थानीयले गुइँठाभित्र सानो बास वा अन्य काठ राखेर बल्ने क्षमतायुक्त ‘गुइँठा दाउरा’ बनाउने र घरघरमै उपलब्ध हुने गाईभैँसीको गोबरबाट तयार गरिने गुइँठा अहिले सस्तो र सहज विकल्पका रूपमा स्थापित हुँदै गएको गढीमाई नगरपालिका-८ का अशोक यादवले बताउनुभयो ।

गुइँठा परम्परागत इन्धनमात्र होइन, अहिलेको सन्दर्भमा व्यावहारिक वैकल्पिक स्रोत पनि भएको बताउँदै यसलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकियो भने तराई क्षेत्रमा ग्यास र दाउरामा निर्भरता कम गर्न सकिने यादवको धारणा छ । सरकारले गुइँठालाई दिगो इन्धनका रूपमा विकास गर्न स्पष्ट नीति तथा योजना ल्याउन सके ग्रामीण भेगका लागि यो दीर्घकालीन समस्याको समाधान बन्न सक्ने उहाँले बताउनुभयो ।

यहाँ केही नगरपालिकाले निःशुल्क ग्याससहित चुलो नागरिकलाई वितरण गरेको भए तापनि सोही नगरपालिकाका नागरिकले समेत गोबरको गुइँठा बनाएर वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गरिरहेका छन् ।

जिल्लाको मौलापुर, फतुवा विजयपुर, कटहरिया, गुजरा, परोहालगायत नगरपालिकाले स्थानीयलाई ग्याससहितको चुलो वितरण गरेको थियो । स्थानीय तह निर्वाचनको घोषणापत्रमा नै घरघरमा ग्यास चुलो प्रदान गरी धुवाँमुक्त गाउँ बनाउने प्रतिबद्धता गरेसँगै निर्वाचित जनप्रतिनिधिले स्थानीयलाई ग्यास चुलो वितरण गरेका थिए ।

रौतहटको गौर, इशनाथ, गरुडा, मौलापुर, यमुनामाई, देवाही गोनाही, बृन्दावन, गुजरा, राजपुर र कटहरियालगायत जिल्लाका १८ वटै स्थानीय तहका ग्रामीण भेगका नागरिक ग्यास चुलो थन्क्याएर गोबरको गुइँठा बनाइराखेका छन् ।

चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा करिब दुई हजारभन्दा बढी विद्युतीय चुलो वितरण गर्न थालेको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभएको छ । चन्द्रपुर नगरपालिकाको १० वटै वडामा प्रतिवडा रु दुई सयको दरले विद्युतीय चुलो वितरण गर्न थालिएकाले आवेदन फारमसमेत सङ्कलन गरिसकेको नगरप्रमुख काफ्लेले जानकारी दिनुभयो ।

आर्थिक गणनाका लागि सुपरीवेक्षक र गणकलाई तालिम

आर्थिक गणनाका लागि रौतहटका सुपरीवेक्षक र गणकलाई तालिम दिइएको छ । यही चैत २६ गते बिहीबारदेखि रौतहटको गौरमा तालिम सुरु भएको हो ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ का लागि गौरमा चैत २६ गतेदेखि आर्थिक गणनाका लागि गणक र सुपरीवेक्षकको तालिम सञ्चालन भइरहेको जिल्ला आर्थिक गणना अधिकारी सुमन्तकुमार यादवले जानकारी दिनुभयो । तालिम चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

तालिम समापनपछि आगामी वैशाख २ देखि असार ७ गतेसम्म गणक र सुपरीवेक्षक खटिने उहाँले जानकारी दिनुभयो । रौतहटको व्यापारिक क्षेत्रमा बढी कर्मचारी खटिनेछन् । तालिममा ५९ जना गणक र आठ जना सुपरीवेक्षक सहभागी रहेको आर्थिक गणना अधिकारी यादवले जानकारी दिनुभयो ।

जिल्लाभरि दर्ता भएका नभएका ठूलासाना, व्यपार  प्रतिष्ठान, रोजगारीका हिसाबले धेरैलाई रोजगारी दिएका वा स्वरोजगार भएको, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, गैरसकारी संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप गरिरहेका स्थानमा यो गणना गरिने उहाँले जानकारी दिनुभयो । रासस