२४ भाद्र २०८३, बुधबार
,
Latest
चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीलाई स्वरोजगार बनाउन विनाब्याज १० लाख, ३५ जनाले लिए ऋण



अ+ अ-

गोरखा । युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुनबाट रोक्न गोरखाको पालुङटार नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ। नगरभित्र बसोबास गर्नेलाई स्वरोजगार बनाउन शुक्रबारदेखि विना ब्याज कर्ता वितरण पनि सुरू गरेको हो।

‘युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम लागू गरियो,’ पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कडेँलले भने, ‘व्यवसाय गर्न इच्छुकलाई नगरपालिकाले चेक (पैसा) दिन थालिसक्यो।’

स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धन अन्तर्गत नगरले पाँचौं नगरसभाबाट स्वरोजगार कार्यक्रम स्वीकृत गरी ऋण कसरी दिने कार्ययोजना पनि बनाएको थियो। ‘गत वर्ष एक करोड बजेट थियो, अहिले दुई करोड थप गरेर स्वरोजगार कोष स्थापना गरी ऋण दिन सुरू गरिएको छ,’ उनले भने।

उद्योग, व्यापार, कृषि तथा पशुपालनलगायत क्षेत्रमा युवाले ऋण सदुपयोग गर्न सक्नेछन्। ‘व्यवसाय गर्न इच्छुकलाई कम्तिमा एक लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म ऋण दिन्छौं,’ उनले भने।

अहिलेसम्म ३५ जनाले ऋण लिइसकेका छन्। ‘एक लाखदेखि पाँच लाख रूपैयाँसम्म ऋण दिएका छौं,’ उनले भने, ‘कार्यविधिमा दश लाखसम्म दिनसक्ने छ।’

नगरबाट विना ब्याज ऋण लिन चाहनेले व्यापार व्यवसाय सुरू गरेको र वडा कार्यालयबाट सिफारिस लिएको हुनुपर्छ। नगरले उपलब्ध गराएको ऋण व्यक्तिले तीन वर्षभित्र चुक्ता गरिसक्नु पर्नेछ।

‘ऋण समयमै फिर्ता नगर्नेलाई नगरबाट उपलब्ध हुने सेवा सुविधाबाट बञ्चित गरिनेछ,’ उनले भने, ‘ऋण लिनेले छ महिनादेखि तीन वर्षसम्म किस्तावन्दीमा रकम बुझाउनुपर्नेछ।’

पालुङटार नगर बाहिर घर भएकाहरूले पनि नगरभित्र स्वरोजगारका कार्यक्रम सुरू गर्ने हो भने ऋण पाउनेछन्। ‘यो कोषको पूर्ण रूपमा सदुपयोग हुन सक्यो भने बेरोजगारी समस्याको केही हदसम्म भए पनि हल हुन्छ,’ उनले भने, ‘नगरभित्रै खाद्यान्नलगायत उत्पादन बढेपछि बाहिरबाट आयात गरिराख्नुपर्ने पनि हुँदैन।’

नगरले यो वर्ष ४० जनालाई स्वरोजगार कोषबाट कर्जा वितरण गर्ने योजना लिएको छ। मेयर कडेँलले नगरभित्र पहिले अटो रिक्सा सञ्चालन गरेकाहरूलाई अब ट्याक्सी किन्न पनि ऋण दिने योजना रहेको बताए।