१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिवन्ध स्वीकार्य छैनः नेकपा

जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिवन्ध स्वीकार्य छैनः नेकपा
अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिवन्ध स्वीकार्य नभएको बताएको छ ।

केन्द्रिय कार्य समायोजन समितिको बैठक सातौँ दिनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताउनुभएको हो ।

युवा र विद्यार्थी संगठनहरूलाई प्रतिवन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उहाँले बताउनु भयो । यसको विरुद्धमा पार्टी सडमा उत्रिने चेतावनी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिनुभयो ।

विभिन्न कार्यव्यस्तताका कारण दैनिक केही घण्टा मात्र छलफल भइरहेको यो बैठकमा ४५ सदस्यीय केन्द्रीय कार्य समायोजन समितिका लगभग ४३ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा देशको समसामयिक परिस्थिति, नयाँ सरकारले लिने बाटो र पार्टीको सांगठनिक समायोजनका विषयमा गहन मन्थन भएको छ ।

उहाँले भन्नुभयो, ‘जनसंगठनहरू, खासगरी युवा र विद्यार्थी संगठनहरूलाई कलेजहरूमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत हो। यसको विपक्षमा हामी दृढतापूर्वक उभिन्छौँ ।’

नेता खतिवडाकाअनुसार बैठकमा पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि छलफल भएको छ ।

नयाँ वर्ष र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अर्को बैठक वैशाख ३ गते बस्ने तय भएको छ । –न्युज एजेन्सी नेपाल