१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छः सांसद झा

निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छः सांसद झा
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिवार राजधानीमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने बताउनुभएको हो । सांसद झाले प्राइभेट क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पु¥याउने बताउनु भयो ।

सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताउनु भयो । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । छिमेकी देशहरुमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको बताउनु भयो ।

सांसद झाले भन्नुभयो–‘जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ । त्यो भनेको प्रभाइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ । जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन ।

अहिले सन् २०२६ को तथ्यांक हेर्ने हो भने अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी नेपाल मुद्रामा हेर्दा साढे ४६ हजार खर्ब बराबरको छ । यसअर्थ अमेरिकामा निजी क्षेत्रको पुँजी साढे ४६ हजार खर्ब बराबरको छ । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । त्यसैले हामीलाई निजी क्षेत्रको पुँजी बलियो बन्नुपर्नेछ । अनि बल्ल हामी अघि बढ्न सक्छौँ । डेभलपमेन्ट र गभरमेन्ट पुँजी स्थायीत्वका लागि मात्रै हो । प्राइभेट पुँजी भनेको ग्रोथ हो । त्यसैले हामी ग्रोथमा केन्द्रित हुनुपर्छ । ग्रोथमा केन्द्रित हुन निजी क्षेत्रको अस्तीत्व, क्षमता, संगठनिक अभ्यास हाम्रो लागि महत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिइएको बताउनु भयो । उहाँकाअनुसार रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । महत्वका साथ उद्यमशीलताले स्थान पाएको उहाँको भनाइ छ ।

वैदिकले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हाँसिल गर्न गाउँगाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठूलो भुमिका खेल्ने बताउनु भयो ।

रास्वपाले सय दिने कार्यसूचीमा व्यवसाय दर्ता तथा नविकरणमा सहजीकरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै सांसद बौदिकले उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले अब तिरस्कार नगर्ने प्रष्ट पार्नुभयो ।

सांसद एवं अर्थशास्त्री वैदिकले भन्नुभयो–‘नयाँ सरकारले सय प्राथमिकता ल्याउँदा यसमा उद्यमशीलताका विषयहरु कतै पनि छुटाएको छैन । यथेष्ट रुपमा महत्वका साथ उद्यमशीलताले स्थान पाएको छ । हामीहरु के कुरामा स्पष्ट छौँ भने देशको आर्थिक रुपान्तरण गर्न देशमा सामाजिक न्याय सहितको आर्थिक उन्नती हासिल गर्न गाउँगाउँमा रहेको सानो लघु उद्यमीदेखि लिएर स्टार्टअपसम्मका उद्यमहरुले सबैभन्दा ठूलो भुमिका खेल्ने गरेको छ ।

सय दिने कार्यसूचीमा रास्वपाले व्यवसायदर्ता, नविकरणमा सहजीकरण गर्ने भनेको छ । व्यवसायहरु स्थानीय तह, प्रदेश, कम्पनी कार्यालय जहाँ दर्ता हुन परेपनि कागजी प्रक्रियामा अल्झन नपरोस् भनेर हामीले कागजी प्रक्रियालाई सहज बनाउन खोजिरहेका छौँ । उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरष्कार अब गर्ने छैनन् ।’

उहाँ सरकारले गरिरहेका कामहरुको परिणाम आगामी साताबाटै देखिने बताउनु भयो । कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । –न्युज एजेन्सी नेपाल