३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु



अ+ अ-

काबुल। पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताउनु भएको छ ।

स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत खस्दा दुर्घटना भएको अधिकारीले पुष्टि गरेका छन् । यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका आठ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो ।

अफगानिस्तानमा विगत दुई हप्तामा बाढी जन्य घटनाहरुका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ । (रासस/सिन्ह्वा)