९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविका लेखा अधिकृतसहित चारविरूद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ। लेखा अधिकृतसहित चार जना विरूद्ध विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोप लागेको छ ।

आइतबार लेखा अधिकृत कमलप्रसाद दाहालसहित चार जनाले परीक्षार्थीसँग पैसा लिएर उत्तरपुस्तिकाको नम्बर फेरबदल, साटासाट गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।

उनीहरूले उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारेर लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखेर भित्री पाना घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरि सोही बास्तविक कभरपेजमा स्टिच लगाउने गरेको उजुरी परेको थियो।

लेखा अधिकृत दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेको आरोप छ।

‘आफ्नो ओहोदा र पदको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स प्रमाण पुष्टि हुन आएको हुँदा निज कमलप्रसाद दाहाललाई सोही ऐनको दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा उल्लेख छ।