३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन सकिएन’



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताउनु भएको छ ।

बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताउनुभएको हो । उहाँले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौति रहेको समेत बताउनुभयो । त्यस्तै हिमाली क्षेत्रमा कनेक्टिभिटिको विकास तथा ग्रेटर लुम्बिनिको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवस्यकता रहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवस्यक व्यवस्था गर्ने समेत बताउनुभयो ।

मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरुलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । उहाँले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्न लागिएको बताउनुभयो ।