१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर विवादमा परेको एनसेलमाथि २२ अर्ब ४४ करोड कर तिर्न ठूला करदाता कार्यालयको पत्र



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालय मातहतको ठूला करदाता कार्यालयले कर विवादमा सधैं तानिँदै आएको एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका अनुसार अनुसार एनसेललाई कर बुझाउन १५ दिनको समय दिएर पत्र दिइएको छ ।

ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नु भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बुझाउन पत्राचार गरेको थियो ।

तर त्यसविरुद्ध एनसेलले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ बमोजिम लगाएको ५० प्रतिशत शुल्क खारेज गरिदिएको थियो । यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

एनसेलको कर प्रकरणमा राजनीतिक नेताहरुको नाम समेत जोडिने गरेकाले पनि यो मुद्दा निकै पेचिलो बनेको छ । सामाजिक संजालमा एनसेलले कर तिर्न, बुझाउन अटेर गरेको र नेताहरुको पनि संरक्षण प्राप्त गरेको भन्दै एनसेलको सेवा नै बहिस्कार गर्न आह्वान समेत हुँदै आएको छ । एनसेलको कर विवाद कहिले उछालिने र फेरि सेलाउने गरेको छ, र ठूला करदाता कार्यालयको नयाँ परिपत्रसँगै फेरि यो विवाद सतहमा आएको छ ।