६ श्रावण २०८३, बुधबार
,
Latest
शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले शुक्रवारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोक्नुभएको हो ।

सभामुख अर्यालले भन्नुभयो, ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचनको लागि २०८० साल वैशाख ४ गते शुक्रवार दिनको १ बजेको समय तोकिएको व्यहोरा जानकारी गराउँछु।’

यो निर्वाचनसँगै अब सबै विषयगत समितिहरूले पूर्णता पाउने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल