२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकाको कामप्रति बालेन सरकार रुष्ट भएको हो ? के भने राष्ट्रपतिले ?



अ+ अ-

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई आज सम्बोधन गर्नेक्रममा न्यायालयको कार्यसम्पादन प्रति गरिएको टिप्पणीलाई धेरैले अनौठो र आश्चर्यजनक मानेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति मार्फत वाचन गर्न दिइएको सम्बोधन भाषणमा न्यायालयका प्रति टिप्पणी गरिएको छ । अर्थात् राष्ट्रपतिले गरेको सम्बोधन सरकारकै धारणा रहेकामा विवाद छैन ।

 

राष्ट्रपतिले सम्बोधनका क्रममा न्यायालयको कार्यसम्पादन छिटो छरितो, स्वतन्त्र र निष्पक्ष नरहेको संकेत गरेका थिए । उनले परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति सम्मान हुनका लागि न्यायालयको कार्यसम्पादनमा परिवर्तन देखा पर्नुपर्ने बताएका छन् ।

 

राष्ट्रपतिको सम्बोधनमा के भनिएको छ ?

न्यायपालिकाबाट छिटो छरितो, स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ ।

शक्ति पृथकीकरणमाथि खेलबाड

नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गरेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका आफ्नै काम र सीमा छन् । एकले अर्कोको कार्यप्रति बढी चासो र हस्तक्षेप हुने अवस्था आएमा न्याय निरुपणमा प्रभाव पर्ने निश्चित छ ।

अझ नितान्त स्वतन्त्र रहनु पर्ने न्यायालयमाथि राष्ट्रपतिको सम्बोधन मार्फत गरिएको यो टिप्पणी शोभनीय पटक्कै होइन ।

पछिल्ला केही समयदेखि न्यायालयले सरकारले चाहे अनुसार काम नगरेको भन्दै टिप्पणी हुने गरेको छ । तर न्यायालयले गर्ने काम र न्याय निरुपण गर्ने भनेको संविधान, कानुन र कानुनी राज्यको अवधारणा बमोजिम नै हो ।

संविधानका एक जानकारका अनुसार, राष्ट्रपतिको सम्बोधन मार्फत बालेन सरकारले न्यायालयमाथि प्रभाव र दबाब सिर्जना गर्न चाहेको रुपमा बुझ्न सकिन्छ जुन गलत हो ।