३ भाद्र २०८३, बुधबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ले मार्ला बाजी ? स्वर्णका लागि आज नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत आज (सोमबार) भिड्दैछन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन् । भारत लिग विजेता र नेपाल उपविजेताको रुपमा उपाधि भिडन्त पक्का गरेका हुन् । अधिकांश समय भारतविरुद्व हावी देखिएपनि नेपालले भारतविरुद्व गोल गर्न भने सकेन ।

फाईनल खेलमा नेपाल सोही कमजोरी सुधार गर्दै स्वर्ण जित्ने दाउमा छ । नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ । सागमा स्वर्णको लक्ष्य सहित नेपाली महिला टिमले निरन्तर प्रशिक्षण गर्दै आएको थियो । पोखरा रंगशालामा घरेलु दर्शकका लागि साक्षी राखेर पहिलो ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यमा नेपाल हुनेछ ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले हराएको थियो । यस्तै लिग चरणको अन्तिम खेलमा भारतसंग १–० ले पराजित भएको थियो ।