३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रौँ सागमा सबैभन्दा बढि पदक कस्को ? (तालिका सहित)



अ+ अ-

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका

  • देश स्वर्ण कास्य रजत जम्मा
  • भारत १३१ ७७ ४० २४८
  • नेपाल ४५ ४४ ७५ १६४
  • श्रीलङ्का ३४ ६६ ९३ १९३
  • पाकिस्तान २८ ३४ ४३ १०५
  • बङ्गलादेश ८ २८ ६६ १०२
  • माल्दिभ्स १ ० २ ३
  • भूटान ० ० ९ ९