१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासको सम्मान



अ+ अ-

काठमाडौं । नेपाल स्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ ।

राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो । दुतावासले खेलाडीहरुले राम्रो प्रतिस्प्रधा गरिरहेको र थप उर्जा दिन सम्मान गरिएको बताएको छ ।

१३ औं सागमा पाकिस्तानले अहिले सम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ काँस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ । साग सकिन दुई दिन अघि राजदूतावासले आफुहरुलाई सम्मान गरेकाले थप उर्जा मिलेको खेलाडीहरुले बताएका छन् । नेपालका लागि पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गर्नुभयो ।