१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ

मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ
अ अ+ अ-

काठमाडाैँ । मानव अधिकार वादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्याङ्क लगायत कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा आफ्नो काम रोक्न वा घटाउन बाध्य भएकाले प्यालेस्टिनी बालबालिकाहरू असुरक्षित र दुव्र्यवहारको उच्च जोखिममा रहेको चेतावनी बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले दिएको छ ।

विज्ञप्ति जारी गर्दै समितिले मानव अधिकार रक्षकहरू र अन्य नागरिक समाजलगाएथका सङ्गठनहरूलाई आतङ्ककारीको आरोप लगाउने इजरायलको दमनकारी रणनीतिको कडा शब्दमा निन्दा गरेको छ । सैन्य छापा, यात्रा प्रतिबन्ध, व्यक्तिगत वित्तीय प्रतिबन्ध, गिरफ्तारीको धम्की, र उनीहरूको कामलाई समर्थन गर्ने साझेदारहरू विरुद्ध प्रतिबन्धको धम्की लगाएतका कारणहरुले मानव अधिकारवादी संस्थाहरूलाई सुरक्षित रूपमा मानविय सेवा सञ्चालन गर्न असम्भव बनाएको जनाइएको छ ।

समितिले यस क्षेत्रमा चलिरहेको उत्पीडन, धम्की, प्रतिबन्ध, प्रतिबन्ध र उनीहरूको प्रतिष्ठामा आक्रमणका कारण बालबच्चाहरूलाई समर्थन गर्ने संस्थाहरूले आफ्नो सेवा सुविदा रोक्न वा घटाउन बाध्य भएकोमा गहिरो चिन्ता व्यक्त गर्दै तीन दशक भन्दा बढी समय देखि यी संस्थाहरूले प्यालेस्टिनी बालबालिकाको रक्षा गर्न, भूमिका खेलेको बताएको छ ।

यी संस्थाहरूको सक्रियता बिना, प्यालेस्टिनी बालबालिकाहरू असुरक्षित हुनुका साथै उनीहरूको अधिकारको उल्लङ्घन दण्डहीनताका साथ जारी रहने जोखिम उच्च हुने कुरामा समितिले जोड दिएको छ । यसले इजरायललाई गाजा र वेस्ट ब्याङ्क लगायत कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूमा बाल अधिकार रक्षकहरू र मानवीय संस्थाहरूले सामना गर्ने सबै प्रतिबन्धहरू र अवरोधहरू तुरुन्तै हटाउन र उनीहरूलाई सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो काम गर्न अनुमति दिन आह्वानसमेत गरेको छ ।

प्यालेस्टिनी मानव अधिकार रक्षकहरूलाई लक्षित गरी गरिएका आक्रमण र दमनका लागि इजरायली अधिकारीहरूलाई जवाफदेही बनाउन र प्यालेस्टिनी बालबालिकाको जीवन र अधिकारलाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई सबै उपलब्ध माध्यमहरू प्रयोग गर्न पनि समितिले आग्रह गरेको छ ।

गम्भीर जोखिम र सीमित स्रोतका बावजुद, बाल अधिकार रक्षकहरूले असाधारण खतरनाक अवस्थामा प्यालेस्टिनी बालबालिका र परिवारहरूसँग उभिएर उनीहरूलाई संरक्षण गर्नु पर्ने जनाउर्दै थप सजाय दिन नहुने बताइएको छ ।