• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला



काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। कोहलपुर घटनाको छानबिन गर्न माग गर्दै प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

आइतबार बाँकेको कोहलपुरमा ट्रकको ठक्करले विद्यार्थी प्रकृति चन्द गम्भीर घाइते भएको र घटनापछि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरी घाइते बनाएको भन्दै घटना छानबिनको माग गर्दै सोमबार नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको थियो।

शान्ति सुरक्षामा सरकार चुकेको र स्कुले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द लाठी र रबरका गोली हानेको भन्दै सोमबार नेविसंघ आरआरले भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।