२२ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरुले लिए शपथ



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
बुधवार संघीय संसद सचिवालयले आयोजना गरेको शपथ समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उहाँहरुले शपथ लिनुभएको हो ।

राष्ट्रिय सभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित हुनुभएको थियो ।

मंगलवार बसेको सम्बन्धित समितिको बैठकले उहाँहरुलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो । समिति सभापतिहरुको शपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।