२२ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकसँग साझेदारी सुदृढ बनाउन मन्त्री चौधरी–निर्देशक सिस्लेनबीच छलफल



अ+ अ-

काठमाडौं । वन तथा वातावरण तथा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ।

चैत्र २४ गते सम्पन्न उक्त भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

भेटका क्रममा सरकारले अघि सारेको १०० बुँदे विकास एजेन्डा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत जोड दिइएको थियो। साथै वन, कृषि तथा ग्रामीण जीविकोपार्जनलाई प्राथमिकतामा राख्दै यी क्षेत्रको दिगो विकासका लागि सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।