१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण



अ+ अ-

तेहरान। इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ ।

इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।’

एक समाचार स्रोतका पत्रकारले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेख्नुभयो,“अमेरिकाले उक्त टापुमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको हो ।” यद्यपि एक अमेरिकी समाचारपत्रले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ । अर्को अन्तर्राष्ट्रिय समाचार माध्यमले पनि अमेरिकी अधिकारीको भनाइ उल्लेख गर्दै तेल पूर्वाधारमा क्षति नपुगेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने धम्की बारम्बार दिँदै आउनुभएको छ । मङ्गलबार उहाँले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिनुभएको थियो ।

खार्ग टापु इरानको तेल निर्यात प्रणालीको केन्द्रबिन्दु हो र देशको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यो टापु रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य नजिक अवस्थित छ, जहाँ इरानको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क तथा अन्य पूर्वाधार रहेका छन् ।

यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको जनाएको थियो, जसमा तेलसम्बन्धी संरचना भने प्रभावित नभएको बताइएको थियो । (रासस/एएफपी)