३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण र पदबहाली
अ+ अ-

काठमाडौँ: नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उहाँले शपथ लिनुभएको हो । उहाँले आजै पदबहाली समेत गर्नुभयो ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त हुनुभएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिनुभयो ।

डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गर्नुभएको थियो । उहाँ २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो ।

कार्यकारी निर्देशक रहँदा उहाँले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।