५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनालसँग चीनका राजदूत माओमिङको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा चिनियाँ राजदूत झाङले परराष्ट्रमन्त्री खनाललाई चीनको शुभकामना सन्देश दिनु भएको छ । राजदूत झाङले नेपालको परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा चिनियाँ परराष्ट्रमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको छ ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनाल र राजदूत झाङबीच नेपाल र चीनको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। त्यससँगै दुई देशको आपसी हितका लागि सहयोग अभिवृद्धि गर्ने लगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।