२२ भाद्र २०८३, सोमबार
,
Latest
स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ ।

दाङको देउखुरी क्षेत्रको महत्वपुर्ण सिँचाइ आयोजना प्रगन्ना नहर सरसफाई कार्यक्रमको आज राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले किसानका वास्तविक समस्या पहिचान गरेर ती समस्या समाधानका लागि योजना बनाइरहेको जानकारी दिनुभयो ।

उहाँले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो । तरकारीखेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उहाँले सबैलाई उत्पादनमुखी बन्न आग्रह गर्नुभयो । ‘कृषिको आधारः सिँचाइमा सुधार’भन्ने मूल नारासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले सिँचाइ सुविधा विस्तारमा सरकार दृढताका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले राप्ती नदीमा हुने अनियन्त्रित उत्खनन्का कारण सिँचाइ प्रणालीमा समस्या देखिएको बताउनुभयो । उक्त सिँचाइ आयोजनामार्फत हाल पाँच हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले सिँचाइ हुने क्षेत्रफल क्रमशः विस्तार हुँदै गएको जानकारी दिनुभयो ।