१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

माग्नेर खानेलाई दुई हजारसम्म जरिवाना हुने

माग्नेर खानेलाई दुई हजारसम्म जरिवाना हुने
अ अ+ अ-

काठमाडौं । के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ?

अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने संहितामा रहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ, “माग्ने पेशा गर्न नपाइने कानूनलाई कार्यान्वयन गर्न लागेका छौँ, माग्ने पेशा बनाउनेलाई हटाउँछौँ, एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाको संरक्षण गर्नेछौँ ।” उहाँका अनुसार वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरुमध्ये परिवार पत्ता लागेकालाई पुनर्मिलन गराइने छ । उक्त कार्यमा कामपाले आश्रमसँग सहकार्य गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।

कामपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको व्यवस्था रहेको छ । प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने स्पष्ट व्यवस्था छ । कानून कार्यान्वयन गर्ने काम स्थानीय तहको हो । महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर अभियान अघि बढाउँदै छ । अभियानका लागि ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा तय गरिएको छ ।

यही मङ्सिर २९ गते कामपा दिवसको अवसरमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषण गर्न लागिएको छ । पहिलो चरणमा उनीहरुलाई राख्न बालाजुमा ‘अस्थायी आवास केन्द्र’ स्थापना गरिएको छ । कामपाले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बाजालुको भवनलाई छनोट केन्द्र्र (स्क्रिनिङ सेन्टर) बनाएको हो । त्यसपछि बेसहाराहरुलाई संरक्षण दिइने र अन्यलाई सडकमा बस्न नदिने गरी कार्यक्रम चलाइने छ ।

आगामी तीन महिनामा एक छाक खान नपाएर सडकमा बस्ने अवस्था अन्त्य गरिसक्ने योजना छ । मानवसेवा आश्रमसँगको सहकार्यमा शुरु गरिएको सहयोगापेक्षी सडक मानवमुक्त अभियानका पहिलो चरणमा अहिले प्रचारात्मक कार्यक्रम जारी छ । हरेक दिनजसो सडकको अवस्था अध्ययन गर्ने र कहाँ कति बेसहारा, पेशेवर मगन्ते र सडकमा सुत्ने मजदूर रहेका छन्, त्यसको पहिचानको काम जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

अभियान सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधिसँग सुझाव सङ्कलन जारी छ । उक्त अभियान कार्यान्वयन उपसमितिका संयोजक गुजेश्वरी श्रेष्ठ महानगरको अभियानमा जोडिएर कार्यक्रम सफल पार्न नगरवासीहरुलाई अनुरोध गर्नुहुन्छ ।

यसअघि आश्रमकै पहलमा पहिलोपटक २०७४ चैत ५ गते गोरखा नगरपालिका र सोही चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय, बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनर्मिलन गराउँदै आएको छ ।

पन्ध्र जिल्लाका १७ स्थानबाट सेवा थालेर अहिलेसम्म झण्डै ६०० लाई परिवारमा पुनःमिलन गराएको र हाल ८०० आश्रित रहेको जानकारी दिँदै आश्रमका अभियानकर्मी सुमन बर्तौलाले स्थानीय तहको सक्रियताले आफूहरुलाई हौसला मिलेको प्रतिक्रिया दिनुभयो । उक्त अभियानमा आश्रमका ११० अभियानकर्मी सक्रिय छन् ।