१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

वडा कार्यालयका भवन बन्दै

वडा कार्यालयका भवन बन्दै
अ अ+ अ-

बैतडी । पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ ।

नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार रु ४०/४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन् । उहाँले भन्नुभयो, “वडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन् ।” वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज गर्न सजिलो भएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले चालू आवमा ४, ५ र १० वडा कार्यालयका नयाँ भवन निर्माण गर्न बजेट विनियोजन भएको छ । नगरप्रमुख चन्दले भन्नुभयो, “नगरपालिकाले वडा कार्यालयबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन वडा भवन निर्माणमा प्राथमिकता दिएको हो ।”