१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

आयातित तरकारी निरुत्साहित गर्दै

आयातित तरकारी निरुत्साहित गर्दै
अ अ+ अ-

बेझाड । रामपुर नगरपालिकामा बुटवल, भैरहवालगायतका विभिन्न बजारबाट ठूलो परिमाणमा तरकारी भित्रने गर्छ । बाहिरबाट विषादी प्रयोग गरिएका तरकारी भित्रन थालेपछि स्थानीय उत्पादनले बजार पाउन सकस परेको छ ।

यसलाई मध्यनजगर गर्दै नगरपालिकाले बाहिरी बजारबाट भित्रने तरकारीमा निरुत्साहित गर्ने भएको छ । आउँदो पुस १ गतेदेखि अभियान नै शुरु गरी बाहिरी उत्पादनलाई निरुत्साहित गर्ने नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई जोड दिँदै कृषकलाई व्यवसायमा हौसला बढाउँदै जाने कार्यक्रम रहेको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“बाहिरबाट भित्रने विषादीयुक्त तरकारी सेवनले मानव स्वास्थ्यलाई असर पारिरहेको छ, अर्कोतर्फ स्थानीय उत्पादनले बजार नपाउने समस्या, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न बुटवललगायत विभिन्न बजारबाट आउने तरकारी रोक्ने अभियानमा छौँ”, नगर प्रमुख थापाले भन्नुभयो । रामपुरमा ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

हप्तामा बुटवललगायतका बाहिरी बजारबाट २० देखि ४० टनसम्म तरकारी रामपुर बजारमा भित्रने गरेको उहाँ बताउनुहुन्छ । “सस्तो मूल्यमा आएका बाहिरी उत्पादनले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनले बजार पाएनन्, बाहिरी उत्पादनमा रोक लगाउन सके व्यावसायिक कृषिमा कृषकको आकर्षण बढ्नेछ”, शाखा प्रमख पाण्डेयले भन्नुभयो ।

पछिल्लो समय नगरपालिकाभित्र तरकारी उत्पादन तथा केरा, च्याउखेतीतर्फ कृषकको आकर्षण बढेको छ । लागत र परिश्रमअनुसार मौसमी तरकारीले मूल्य नपाउँदा कृषकले खेतबारीमै कुहाएर फाल्ने गरेको पाइएको छ । कच्चा सामग्री भएकाले लामो समयसम्म टिकाउन नसक्दा कृषकले नोक्सान बेहोर्नुपरेको छ ।
नगरपालिकाले यहाँ उत्पादन नहुने कृषिउपजबाहेक अरु उत्पादनलाई निरुत्साहित गर्ने भएको हो । नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादनमा जोड दिइएको छ । कृषि उत्पादनका हिसाबले पाल्पा जिल्लाकै उपयुक्त भूभाग रहेको रामपुरलाई नमूना कृषिका रुपमा चिनाउन र यसैबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन अभियान कार्यक्रम अगाडि बढाइएको छ ।

नगर कार्यपालिकाको बैठकले दशवटै वडामा उत्पादनशील कृषिउपज तथा पशुपालनको क्षेत्र निर्धारण गरेको वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । “नगरको विकास भनेको नै कृषि हो, जबसम्म कृषिमा विकास हुँदैन, तबसम्म रामपुरको विकास गर्न सकिँदैन”, उहाँले थप्नुभयो, “कृषि उत्पादन बढाउन सकिएन भने हामी आर्थिक क्षेत्रमा बलियो बन्न सक्दैनौँ, एक वडा एक उत्पादन गरेर आर्थिक समृद्धि बढाउने कार्यमा नगरपालिकाले प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो ।

एक वडा एक उत्पादनलाई जोड दिएर नगरको भौगोलिक अवस्था अध्ययन गरेर पकेट क्षेत्र निर्धारण गरिएको छ । वडा नं १ मा पहिलो प्राथमिकता कागती, दोस्रोमा मौरी, तेस्रोमा अदुवा, वडा नं २ को कार्यालयले बाख्रा, खुर्सानी, गोलभेँडा, ३ मा एभोकाडो, बाख्रा र आलु, वडा नं ४ मा काक्रा, बाख्रा, बन्दा, बङ्गुर, वडा नं ५ मा गोलभेँडा, केरा र दूध निर्धारण गरिएको छ ।

त्यस्तै वडा नं ६ मा आलु, मौरी, बाख्रा र केरा, ७ मा घिरम्ला, करेला, कागती, कुखुरा, वडा नं ८ मा कुखुरा, सिमी, दूध र सुन्तला, वडा नं ९ मा कफी, अदुवा, बाख्रा र कुखुरा, १० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनलाई मुख्य पकेट क्षेत्र छुट्याइएको छ । पकेट क्षेत्र निर्धारण नहुँदा कृषकले लथालिङ्ग तरिकारले चार पाँच बालीसम्म लगाउने गरेका छन् भने यसले गर्दा सोचेअनुसार आम्दानी हुन सकेको छैन । पकेट क्षेत्र निर्धारणपछि खेती गर्न सहज, उत्पादन पनि बढ्ने आशा गरिएको छ ।