५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्ट



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशसभा सदस्य शिवराज भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहको सिफारिसमा उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो ।  नवनियुक्त मन्त्री भट्ट बैतडी जिल्लाबाट नेपाली कांग्रेसका निर्वाचित प्रदेशससभा सदस्य हुनुहुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन रहेको थियो ।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसमेत गर्नुभएको छ । कार्यविभाजन देहायबमोजिम रहेको छः
१. कमलबहादुर शाह, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।
२. बहादुरसिंह थापा, मन्त्री, आर्थिक मामिला मन्त्रालय ।
३. सुरेन्द्रबहादुर पाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय ।
४. मेघराज खड्का, मन्त्री, सामाजिक विकास मन्त्रालय ।
५. हिरा सार्की, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।
६. विरबहादुर थापा, मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ।
७.  शिवराज भट्ट, मन्त्री,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय ।

राज्यमन्त्री
१.प्रकाश बम, राज्यमन्त्री,आर्थिक मामिला मन्त्रालय ।
२.सरस्वती खड्का,राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय ।
३.निर्मलादेवी साउद, राज्यमन्त्री,भौतिक पूर्वाधार विकास मन्त्रालय ।

नवनियुक्त मन्त्री भट्टले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।  रासस




भर्खरै