११ श्रावण २०८३, सोमबार
,
Latest
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर हाफ म्याराथन आगामी वैशाखमा



अ+ अ-

काठमाडौँ। कान्तिपुर हाफ म्याराथनको १४औँ संस्करण आगामी वैशाख ५ गते हुने भएको छ ।

कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गर्ने कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ ।

त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।

कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख ५० हजार रुपैयाँ पाउने छन् । दोस्रोदेखि छैटौँ हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपैयाँ पाउने छन् । पहिलो तीन स्थानमा आउनेले ट्रफी र मेडल पाउने छन् । ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार रुपैयाँ तथा दोस्रो र तेस्रो हुनेले क्रमशः  २५ र १५ हजार रुपैयाँ पाउने छन् ।

कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यसपटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउने छन् । एक्स्ट्रिम कलेज रन विजेताले आइपिएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुई तर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिक्सका विजनेस हेड सोनिया राणाले बताउनुभयो ।

कान्तिपुरको कार्यालय रहेको तिनकुने अगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुदैं जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुदैं तीनकुनेमा आएर दौड टुंगिने आयोजकले जनाएको छ ।

कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हँुदै तिनकुने आएर टुङ्गिने छ । तिनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तिनकुने मै आएर टुङ्गिने छ ।

कलेज रन कोटेश्वर हुँदै तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्की कोटेश्वर हँुदै तिनकुने आएर टुङ्गिने छ ।