१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध

सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध
अ अ+ अ-

बनेपा । धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान सुरु गरेको छ । ययक्रममा नगरपालिकाले बजार अनुगमन कार्य समेत सुरुआत गरेको छ ।
नगरपालिकाका उपप्रमुख विमला शर्माको नेतृत्वको टोलीले वडा नं ११ पात्लेखेत र वडा नं ७ सञ्जीवनी बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको सोमबार अनुगमन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण लिएको नगरपालिकाले जनाएको छ ।
चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ । वडा नं ११ का किराना पसल सञ्चालक गीता खत्रीले अनुगमनको क्रममा फेला पारेका चुरोट र सुर्तीजन्य पदार्थ नियन्त्रण नगरी सचेत गराई रोक लगाउनुपर्ने बताउनुभयो ।

व्यवसायि भरतकुमार धितालले अनुगमनको क्रममा पहिलोपटक सचेत मात्रै गराएर फेला पारेका सुर्तीजन्य सामग्री फिर्ता हुनुपर्ने माग गर्नुभयो । अनुगमन टोलीका नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स साना विद्यार्थीमा लत बस्ने, भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको वताउनुभयो ।
सो क्रममा टोलीले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दामुनिका बालबालिकालाई विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ । नगर उपप्रमुख शर्मा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासनसहितको टोलीले करिब तीन दर्जन पसल तथा होटलको अनुगमन गरेको थियो । नगर उपप्रमुख शर्माले स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यसक्रममा विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अनुगमनका क्रममा हामीले विद्यालय र कलेज आसपासमा विद्यार्थीलाई लतमा पार्ने खालका सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले त्यस्तो वस्तुमा रोक लगाउन नगरपालिकाले अनुगमन शुरु गरेका हौँ ।