९ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेममा धोका दिएको भन्दै १९ वर्षीया युवतीले प्रेमीको लिङ्ग नै…



अ+ अ-

काठमाडौं । प्रेममा धोका दिएको भन्दै १९ वर्षीया युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् । थिङ थरकी युवतीले २१ वर्षीय सुनुवार थरका प्रेमीको लिङ्ग नै काटिदिएकी हुन् ।

मकवानपुर घर भइ बौद्ध बस्दै आएका सुनुवार सख्त घाइते भएका छन् । ती व्यक्ति काठमाडौंको एक होटलमा कर्मचारी हुन् ।

बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो ।

‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको देखिन्छ ।’

प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।




भर्खरै