१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

धान उत्पादनमा कमीः किसान आर्थिक मारमा

धान उत्पादनमा कमीः किसान आर्थिक मारमा
अ अ+ अ-

वीरगञ्ज । यो वर्ष धान उत्पादनमा कमी आएको छ ।

धान रोपाइँको समयमा रासायनिक मलको अभाव, गाँज हाल्ने अवस्थामा पानीको अभावजस्ता कारणले यो वर्ष पर्सा जिल्लाको धान उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा तीन करोड ७७ लाख मूल्य बराबरको एक हजार ४१० मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । धान उत्पादनमा कमी हुँदा किसान आर्थिक मारमा परेका छन् ।

कृषि ज्ञान केन्द्र पर्साका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरेकोमा दुई लाख २५ हजार ८४० मेट्रिक टन धान उत्पादन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा एक हजार ४१० मेट्रिक टन धान उत्पादन कम रहेको छ । यसले किसानलाई रु तीन करोड ७७ लाख आर्थिक घाटा भएको वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले राससलाई बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा पर्सा जिल्लाका किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गर्न सफल भएका थिए । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा प्रतिहेक्टर ५ दशमलव शून्य पाँच मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टन मात्र धान उत्पादन भएको छ ।

यसवर्ष धान रोपाइँको समयमा आवश्यक पर्ने रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले समयमा मल उपलब्ध नगराउनु जस्ता कारणले यसवर्ष सोचे जस्तो धान उत्पादन नभएको किसान शेषमन पण्डितको भनाइ छ ।

नगदेबालीको रुपमा रहेको धानखेती गर्ने किसान पर्सा जिल्लामा ९० प्रतिशत रहेको तथा उनीहरुले उन्नत जातको धान सोना मन्सुली, हर्दिनाथ १, स्वर्णासव १, चैते २ र ४, बास्मती, रामधान जस्ता उन्नत जातको धानखेती गरेका थिए ।

यान्त्रिकीकरणको कारण पर्सा जिल्लामा किसानले वर्षमा दुई पटक धानखेती गर्दै आएको छ भने धानखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्र पर्साले अघिल्लो वर्ष ५५ मेट्रिक टन प्राङ्गारिक मल तथा सिँचाइको लागि २०१ थान विद्युतीय मोटर वितरण गरेकाले गतवर्ष धान उत्पादन राम्रो भएको बागबानी अधिकृत श्यामकिशोर कुशवाहाले बताउनुभयो ।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत किसानका लागि रासायनिक मल उपलब्ध गराए पनि ती रासायनिक मल समयमा किसानसम्म पुग्न नसकेकाले पर्सामा धानखेती प्रभावित हुँदै आएको कृषि विज्ञको भनाइ छ ।

यता नेपालमा प्रतिबन्ध रहेको भारतीय धान सोना मन्सुली धानखेती गर्ने ७५ प्रतिशत किसान अहिले पनि सो धानखेती गर्दै आएको छ । भारतीय धान सोना मन्सुलीमा बढी रोगकीरा लाग्ने गरेको, दाना लाग्न बढी समय लाग्ने गरेको कारणले मकै, तोरी तथा सुर्तीबाली प्रभावित हुने गरेकाले यो धान नेपालमा प्रतिबन्ध लगाए पनि किसान यस खेतीतर्फ आकर्षित हँुदै आएका छन् ।

सोना मन्सुली धान १ क्वीन्टलमा ६५ किलो चामल दिने गरेको, उब्जनी पनि राम्रो हुने तथा भात खान पनि स्वादिलो हुने गरेकाले यसको खेती गर्दै आएको प्रसौनी विर्ताका किसान मुनिलाल यादवको भनाइ छ । जिल्लाको बहुसङ्ख्य जनसङ्ख्या कृषिमा आधारित रहेको र ग्रामीण जनजीवनको माध्यम नै कृषि भएकाले कृषि ज्ञान केन्द्र वीरगञ्जले खाद्य वस्तुको बढ्दो आन्तरिक माग पूरा गर्न गराउन कृषि उत्पादन र उत्पादकत्व बढाउन ग्रामीण अर्थतन्त्रको दिगो विकासमा थप टेवा पु¥याउँदै आएको छ ।
उत्पादनमा ह्रास हुँदै आएपछि यहाँका जनता भारतीय चामलमा आश्रित हुँदै आएपछि परनिर्भरता पनि बढ्दै गएको छ ।