३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत् नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत् नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
अ+ अ-

काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो।

एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (CAN) द्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो। यस प्रतिष्ठित प्रतियोगिताले
प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट-म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ। नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आएको छ।

काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको छ। पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको “कान्दो” फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्दछ।
मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ।

साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ। यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, “पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ। यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।”

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं। यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो।”

त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ। पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन्। त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं।” यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा
सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ।