१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको आरोप लागेका प्रजिअ रिजाल निलम्बित



अ+ अ-

दोलखा । तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका आरोप लागेका प्रजिअ रिजाललाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रजिअ रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको जनाउँदै सिफारिसअनुसार प्रजिअलाई गृहले निलम्बन गरेको हो ।

अभियुक्तसँग घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकामा प्रकाशित समाचारमाथि आयोगबाट अनुसन्धान भइरहेको र रिजाल पदमा बहाल रहिरहदा आफ्नो विरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्‍याउन सक्ने भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले १ लाख २५ हजार घुस लिएका थिए ।

कालिञ्चोक गाउँपालिका १, कालिञ्चोकका तामाङ बाबुछोरासँग मंसिर १७ गते ३५ हजार र मेलुङ गाउँपालिका ४, भेड्पुका कुमार लामा मोक्तानसँग मंसिर १८ गते ९ हजार गरी कुल १ लाख २५ हजार घुस लिएका थिए।