९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको आरोप लागेका प्रजिअ रिजाल निलम्बित



अ+ अ-

दोलखा । तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका आरोप लागेका प्रजिअ रिजाललाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रजिअ रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको जनाउँदै सिफारिसअनुसार प्रजिअलाई गृहले निलम्बन गरेको हो ।

अभियुक्तसँग घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकामा प्रकाशित समाचारमाथि आयोगबाट अनुसन्धान भइरहेको र रिजाल पदमा बहाल रहिरहदा आफ्नो विरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्‍याउन सक्ने भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले १ लाख २५ हजार घुस लिएका थिए ।

कालिञ्चोक गाउँपालिका १, कालिञ्चोकका तामाङ बाबुछोरासँग मंसिर १७ गते ३५ हजार र मेलुङ गाउँपालिका ४, भेड्पुका कुमार लामा मोक्तानसँग मंसिर १८ गते ९ हजार गरी कुल १ लाख २५ हजार घुस लिएका थिए।