५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल कोषले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार सुडानमा सन् २०२३ देखि सुरु भएको द्वन्द्वपछि स्वास्थ्य सेवा केन्द्रहरूमा भएका २१४ आक्रमणमा कम्तीमा दुई हजार ४२ जनाको मृत्यु भएको छ भने ७८५ जना घाइते भएका छन् ।

यस वर्षको पहिलो त्रैमासिकमा मात्रै १८४ जनाको मृत्यु र २९५ जना घाइते भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका यी निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा यस्ता आक्रमणको सङ्ख्या र तीव्रता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सुडानका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि शिब्ली साहबानीले भने, “यस्ता आक्रमणहरूले स्वास्थ्य सेवामा पहुँचलाई अझ सीमित बनाइरहेका छन्, जबकि अहिले यसको आवश्यकता अत्यधिक छ ।”

उनले बिरामी र स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग पनि गरे । संयुक्त राष्ट्र बाल कोषका प्रतिनिधि शेल्डन येटले अस्पतालहरूमा हुने आक्रमणलाई ‘बालबालिकाको अधिकारमाथिको गम्भीर उल्लङ्घन’ भन्दै यस्ता घटनाले बालबालिकालाई अत्यावश्यक सेवा र सुरक्षाबाट वञ्चित गरिरहेको बताए  ।

एजेन्सीहरूले स्वास्थ्य संस्था, कर्मचारी र बिरामीमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको र यसले पहिले नै गम्भीर मानवीय सङ्कटलाई अझ जटिल बनाएको बताएका छन् ।

उनीहरूले सबै पक्षलाई स्वास्थ्य सेवाको सम्मान र संरक्षण गर्न, सर्वसाधारण र सहयोगी कामदारहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक सेवामा निरन्तर पहुँच उपलब्ध गराउन आग्रह गरेका छन् । सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीच जारी सङ्घर्षका कारण दशौं हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्, अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन् ।




भर्खरै