५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी नकआउट चरणमा प्रवेश



अ+ अ-

लण्डन क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलीलाई पराजित गर्दै चेल्सीले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको हो । फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सीका टमी अब्राहम र सेजर अजपिलिकुएटाले पहिलो हाफमै दुई गोल गर्दै लण्डन क्लबको सम्भावना बलियो बनाएका थिए ।

विलियमको क्रसलाई सदुपयोग गर्दै १९ औ मिनेटमा अब्राहमले क्लोज रेन्जबाट चेल्सीलाई अग्रता दिलाएका थिए । अजपिलिकुएटाले ३५ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाएका थिए । इमरसनको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । खेलको ७८ औ मिनेटमा रेमीले लिलीका लागि एक गोल फर्काएका थिए ।

चेल्सी ११ अक सहित दोस्रो स्थानमा रहेर समूह चरण पार गर्यो । शीर्ष स्थानको भ्यालेन्सिया समेत ११ अंक सहित नकआउट चरण पुग्यो । अजाक्स १० अंक सहित तेस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो । लिलीले अन्तिम खेलमा एक अंक बटुल्यो ।