२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ लाखसहित नासु पक्राउ



अ+ अ-

सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको महदेवा गाउँपालिका–६ का वडा सचिव तथा नासु नवोनाथ मिश्रलाई सेवाग्राहीबाट रु दुई लाख घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले राससलाई जानकारी दिए ।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी ल्याई आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको सुचना अधिकारी ढकालले बताए ।